भूकम्प अपडेट: १३८ जनाको मृत्यु, १६६ घाइते
थप उपचारका लागि ७ जनालाई काठमाडौं ल्याइदै
काठमाडाैं | कात्तिक १८, २०८०
काठमाडौं: शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३८ पुगेको छ ।
नेपाली प्रहरीले दिउँसो २ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।
जसमा जाजरकोटमा भूकम्पबाट १०० जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् ।
यसैगरी, रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।
घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं ल्याइन लागेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ जना प्रहरी प्ररिचालित गरेको जनाएको छ ।

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

